कसैँको नाक काटेर गएको 240 बर्षको बदला फेरी 240 बर्ष आफ्नो जातिय राज्य चलाउने दिवासपना देख्नेहरु खबरदार तिमीहरु जस्तो भाडाको टट्टु होइनौ हामी र त्यती कायर पनि छैनौ। देश बचाउन कफन बाधेर उत्रेका बिर सिपाही देशको लागी मर्न पनि तयार छन खुकुरी र पेस्तोल ले तर्साउने मुर्खता नगर
Read the full post
नेपाल को सन्दर्भ मा संघियता उचित कि अनुचित
Monday, 11 January 2010
Sunday, 3 January 2010
सुजाता संघीय राज्यको विपक्षमा
बनाउने/नबनाउने विषयमा जनमत संग्रह गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् । विगतमा राजनीतिक दलहरूले आफूखुसी संघीयतामा जाने निर्ण्र्ाागरेर ठूलो गल्ती गरेको बताउँदै कांग्रेसनेतृ सुजाताले यसको छिनोफानो गर्ने जिम्मा जनतालाई दिन जनमत संग्रह गरिनुपर्ने जनाइन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्, 'माओवादीको दबाबमा विगतमा ठूलो गल्ती गरियो, अझै केही बिग्रिसकेको छैन, जनमत संग्रह गरेर त्यो गल्ती सच्याउन सकिन्छ ।' संघीयतामा जाँदा देश टुक्रिने खतरा रहेको बताउँदै उपप्रधानमन्त्री सुजाताले भनिन्, 'हामीले देश टुक्रयाउन संविधान बनाउने होइन, एकताबद्ध गर्न बनाउने हो ।'देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन अगुवाइ भूमिका खेलेका कांग्रेस सभापति एवं पर्ूवप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापुत्री सुजाताले संघीयतामा नगएर देशलाई विकेन्द्रीकरणको ढाँचामा लग्नु उचित भएको बताइन् । उनले सभापति कोइराला पनि संघीयताको पक्षमा नरहेको उल्लेख गर्दै भनिन्, 'गिरिजाबाबुले उही बेला संघीयताभन्दा विकेन्द्रीकरणमा जानुपर्ने सुझाव दिनुभएको थियो, तर दबाबमा आएर नगर्नुपर्ने गल्ती भयो ।' यद्यपि, यसलाई पिता कोइराला र आफ्नो पार्टर्ीीे आधिकारिक धारणा नभई व्यक्तिगत भएको उल्लेख गर्न उपप्रधानमन्त्री सुजाता चुकिनन् । सुजाताले आफ्नो पार्टर्ीीे राज्य पुनःसंरचना सुझाव समितिले संविधानसभामा बुझाउन तयार पारेको १६ प्रदेशको प्रस्तावको पनि आलोचना गरिन् । समितिले तयार पारेको सुझाव प्रतिवेदनमा पार्टर्ीीत्रै एकमत हुन नसकेपछि कांग्रेसले संघीयताबारे राज्य पुनःसंरचना आयोगले निर्धारण गर्नुपर्ने भन्दै संघीयताबारेको नीतिगत सुझावमात्रै संविधानसभामा पेस गरेको छ । कांग्रेस नेतृ सुजाताले देशलाई संघीयतामा नलगी नहुने हो भने तीनदेखि चारवटा प्रदेशमा विभाजन गर्न सकिने, त्यसो पनि नहुने भए हाल कायम रहेको पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश घोषणा गर्नु उपयुक्त हुने पनि बताइन् । 'अहिले जुन हिसाबमा दलहरूले जातीय प्रदेशहरूको कुरा गरेका छन्, त्यसबाट देश टुक्रिन सक्ने डर लागेर जनमत संग्रहमा जानुपर्ने कुरो गरेकी हुँ, अहिले माथिका केही व्यक्तिले संघीयताको निर्ण्र्ाागरेर हुँदैन, यसले गर्दा जनता पूरै निराश भइसकेका छन्,' उनले भनिन्, 'जातीयताको नारा लागिरहेको बेला छ, आवेशमा आएर निर्ण्र्ाागरेर हुँदैन, जनताको चाहना के हो त्यसलाई बुझ्न जरुरी छ ।'
Subscribe to:
Posts (Atom)