संघीयताको सबैभन्दा नराम्रो पक्ष भनेको सार्वभौम सत्ता सम्पन्न राष्ट्रिय शक्तिको विभाजन हो । नेपालमा दलितहरुको जनसंख्या कूल जनसंख्याको करीव १४%रहेको छ । यदि नेपाललाई १४ वटा राज्यमा विभाजन गर्ने हो भने उनीहरुको संगठित शक्ति विभाजन भएर १ % मा झर्न पुग्छ । यहि कुरा अन्य आदिवासी र जनजातीको हकमा पनि लागु हुन्छ । यसरी देशको संगठित राष्ट्रिय शक्तिमा विभाजन हुँदा राष्ट्र कमजोर हुन्छ र विखण्डनको खतरा बढेर जान्छ ।
संघीयता भनेको आधिकारिक रुपमा सत्ता र पदको सिर्जना गर्नु हो । जसले मानिसलाई अरु महत्वाकांक्षी...