कुनै दुस्वप्न देखिएको पनि छैन
शरीरका अंग प्रत्यंक फर्फराएका पनि छैनन्
न्याउरी र विरालाले बाटो काटेका पनि छैनन्
रातमा श्याल कुकुर र वनविराला रोएका पनि छैनन्
धूरीमा बसेर काग गिद्धहरु कराएका पनि छैनन्
अपसगुनका कुराहरुको अनभूति नभएपनि
कुनै ठूलो दुर्घटनाको आभाष जस्तो
कुनै अकल्पनीय विपत्तिको संकेत जस्तो
मन भित्रभित्रै डराइरहेछ
मुटु थर थर कापिरहेछ।
हिजो अघोािष्त गृहयुद्धहरुले थिलथिल्याएको मन
शान्ति सम्झौताले पनि बाँध्न सकेन
बर्षाैं ओछ्यान परेका रोगी जस्तै
आफै थला परेको मेरो वर्तमान
तंग्रने संकेत देखिएको छैन, अझै
नयाँ नेपालको संजिविनि खुवाए पनि
क्रमभंगता र छलाङ्गका कुरा आए पनि
रुपान्तरण र समावेशीका प्रसंग उठे पनि
फ्यूजनका कुराले कन्फ्यूजन थपेको छ
समायोजनका कुराले विस्फोटको संकेत गरेको छ
सहयात्रा र सहकार्यको किरिया खाँदै
एक्लै हिँड्ने अभ्यासको पुनरावृत्ति बढेको छ।
मन फेरि युद्धको आशंकामा आतंकित छ
अनिश्चित भविष्यको सन्त्राशमा सशंकित छ
राज्य गन्तव्यहीन मोडमा उभिएको यो बेला
लोकतन्त्रको वैशाखी टेकेर भीडन्त मौलाएको छ
बन्द, हड्ताल र अवज्ञा फष्टाएको छ
लुट, कब्जा, अपहरण र ज्यादती नरोकिदा
विधि आफै बन्दकी परेको छ
अनावश्यक मुद्दाको बखेडाहरु बीच
अग्रगामी सोचहरुमा तुसारापात परेको छ
अनगिन्ती अस्पष्ट शब्द जालहरुमा
नयाँ नेपालको सपना बाँडेर
हत्केलाले सुर्य छोप्न खोजिएको छ।
मन, गाउँ शहर र वस्तीहरुमा अचेल
अनेक वहाना र आग्रहहरुमा विभाजित छन्
प्रादेशिकता, संघियता र क्षेत्रीयताका प्रसंगहरुसँगै
राष्ट्रिय र अखण्ड एकतामा प्रश्न उठेको छ
विभाजित मनका मतमतान्तर र वादहरुमा यत्रतत्र
अधिकारको नारामा भाग वण्डा खोजिदैछ
र शिकारीको शिकार भाग लगाए जस्तै
अंशवण्डा गर्न खोजिदैछ मुलुक
टुक्राटुक्रामा टुत्र््कयाउन खोजिदैछ भूगोल
मातृभूमिको अस्मिताहरण हुन खोजेको यो बेला
मन ज्यापुले वारीमा ठड्याएको बुँख्याचा जस्तै
एउटा युगान्तकारी आँधीवेरीको प्रतिक्षामा
शान्त, निश्चल र स्तब्ध छ
शाशित व्यथित र कम्पित छ
नेपाल को सन्दर्भ मा संघियता उचित कि अनुचित
Monday, 9 November 2009
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment