as i see the world..................

नेपाल को सन्दर्भ मा संघियता उचित कि अनुचित

Monday 23 November 2009

भारतीय योजनामा संघीयता नेपालमा


२-भदौ-२०६६,मंगलवार


संघीयताले विस्तारवादको नै सेवा गर्नेछ

बुटवल। राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्यले संघीयताले नेपाली जनता र नेपाल राष्ट्रको हित गर्नुको सट्टा मुलरूपमा सामन्ती व्यवस्था वा भारतीय विस्तारवादको नै सेवा गर्ने दावी गर्नु भएको छ। राष्ट्रिय जनमोर्चा रूपन्देहीद्वारा आयोजित “नयाँ संविधान निर्माणका सर्न्दभमा राष्ट्रियता र संघीयताका प्रश्नहरू” विषयक अन्तरक्रियामा बोल्दै उहाँले उत्क कुरा बताउनु भएको हो।

नेपालको भु–राजनैतिक स्थितिमा नेपालको राष्ट्रियता सबैभन्दाबढी खतरा भारतीय विस्तारवादबाट छ। प्रथम नेपाल जस्तो सानो पिछडिएको आर्थिक दृष्टिकोणले कमजोर, द्वितिय बहुजाति, बहुभाषी देश, तृतीय भारतीय विस्तारवादद्वारा तीनतिर घेरिएको देशको लागि संघीयता उपयुत्क हुनै सक्दैन।” उहाँको भनाई थियो।

संघीयता आवश्यकताले भन्दा रहर र उस्कावटले ल्याएको बताउँदै आचार्यले भन्नुुभयो– “संघीयताले अन्तत आपसमा लडाई पैदा गरी देश नै सिद्धाउनेछ।” उहाँको थप भनाई थियो–“राष्ट्रियता एक सिकाका दुई पाटा हुन। संघीयताको विरोधमा उत्रिए मात्र राष्ट्रियता बच्दछ।”

बद्रे आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दल ब. भण्डारी र स्वागत कृष्णबम मल्लले गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, एमालेका नन्दिकिशोर ढकाल, एकीकृतका के.जी. कुमार पौडेल, मजदुर किसान पार्टीका रामचन्द्र श्रेष्ठ, बिनबहादुर कुावर, रूपन्देही व्यापार संघका टंक पोख्रेल, बारका प्रतिनिधी लगायतले अ–आप्ा्क्नो विचार राखेका थिए।





स्याङ्जामा पनि अन्तरक्रिया

स्याङ्जा। “नयाँ संविधान निर्माणको सन्दर्भमा राष्ट्रियता र संघीयताका प्रश्नहरू” विषयक अन्तर्क्रिया कार्यक्रम सदरमुकाम स्याङ्जा बजारस्थित लक्ष्मी पुस्तकालय हलमा श्रावण ३० गते सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि राजमोका के.स. इन्द्रमणि पौडेलले देशमा संघीयता लागु गरिए जातीय र क्षेत्रीय कलह बढ्ने जनाउँदै संघीयताले दलित, आदिवासी, जनजाति कसैको पनि हित नहुने बताउनुभयो। “यो भारतबाट भित्रिएको संघीयता हो। यसले नेपाल र नेपालका जनतालाई हित गर्दैन।”– नेता पौड्यालको भनाई थियो।

अन्तर्क्रियालाई सम्बोधन गर्दै अर्का विशिष्ट अतिथि राजमो के.स. चन्द्रबहादुर के.सी.ले देश यतिखेर संक्रमणकालिन अवस्थामा रहेको र नेपाल आमामाथि विस्तारवादले धावा बोलिरहेको बताउँदै भन्नुभयो–“नेपालका ठूला र हात्ती पार्टीहरू कुर्ची र स्वार्थको पछाडि दौडिरहेका छन्, राष्ट्रियताप्रति कुनै चासो छैन। राष्ट्रियता खतरामा परेको बेला आवाज उठाउन त परै जावस राष्ट्रिय जनमोर्चाले आयोजना गरेको राष्ट्रियताप्रति बहस गर्ने कार्यक्रममा सहभागी हुन समेत हिम्मत गरेका छैनन्।” नेपाली कांग्रेसका विष्णु गुरूङले राष्ट्रिय जनमोर्चाले गरेको संघीयता विरूद्धको आन्दोलन जायज र उपयुक्त रहेको बताउँदै भन्नुभयो–“कांग्रेसले संघीयताको समर्थन गरेर गएपनि मेरो आफ्नो व्यक्तिगत तर्फबाट संघीयता हाम्रो जस्तो देशमा उपयुक्त छैन। यसले देशलाई विखण्डन गर्छ। त्यसैले राजमोले गरेको आन्दोलनलाई म समर्थन गर्दछु।” कार्यक्रममा जातीय समता समाजका के.स.प्रकाश परियार, जनजाति सम्मेलनका के.स. होमबहादुर राना, अनेमसंघ केस हिरामति शाही लगायतले पनि बोल्नु भएको थियो।

कार्यक्रम राजमो स्याङजाका अध्यक्ष राजेन्द्र गैरेको अध्यक्षता जिल्ला सचिव खुमबहादुर रानाको संचालन र जिल्ला सदस्य ज्ञानबहादुर हमालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

–खुम राना







'संघीयता जबर्जस्ती लादिएको हो'

दाङ। राजमोका उपाध्यक्ष तथा सभासद् रश्मिराज नेपालीले संघीयताको विषयमा छलफल नै गर्न नपाउनु भनेको निरंकुशतावादी चिन्तन भएको बताउनु भएको छ। राष्ट्रिय जनमोर्चा दाङले सदरमुकाम घोराहीमा आयोजना गरेको 'नयाँ संविधान निर्माणको सन्दर्भमा राष्ट्रियता र संघीयताको प्रश्न218 विषयक अन्तर्क्रिया कार्यक्रममा नेता नेपालीले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो।

'दोस्रो जनआन्दोलनको नारा संघीयता नभएको र मधेस आन्दोलनपछि जबर्जस्ती संघीयता लादिएको हो218,– सभासद् नेपालीले भन्नुभयो, 'अन्तरिम संविधान संशोधन गरेर संघीयता ल्याइएको हो। संघीयता जनआन्दोलनको म्याण्डेट हुँदै होइन। अन्तरिम संविधानमा लेखिसकिएकोले संघीयता लागू गर्ने कि नगर्ने भन्ने विषयमा बहस गर्नु हुँदैन भन्नु निरंकुशतावादी चिन्तन हो।218 उहाँले प्रश्न गर्नुभयो, 'लेखिसकिएको छ भनेर बहस र छलफल नै नगर्ने हो भने संविधानसभाको के काम छ? ६ सय १ जना सभासद्को भार देश र जनतालाई किन बोकाइरहनु पर्यो?218 संघीयताबारे अब कुनै छलफल नहुने हो भने अन्तरिम संविधानलाई नै नयाँ संविधानको रूपमा घोषणा गरिदिए पनि हुने धारणा उहाँको थियो।

नेपालको सन्दर्भमा संघीयता र राष्ट्रियता एकापसमा जोडिएको चर्चा गर्दै सभासद् नेपालीले संघीयताको विषय नसुल्झेसम्म संविधान नै बन्न नसक्ने दावी गर्नुभयो। उहाँले भन्नुभयो, 'पार्टीपिच्छे फरक धारणाहरू छन्। त्यही भएर समितिहरूले संविधानसभामा मस्यौदा बुझाउन सकेका छैनन्। यसले नै संविधान निर्माणमा जटिलता थपेको छ।218 आफ्नो पार्टी दलित, जनजाति, सीमान्तकृत वर्ग र क्षेत्रलाई अधिकार दिने सवालमा कुनै द्विविधामा नरहेको तर आत्मनिर्णयसहितको जातीय राज्य बनाउँदा देश खण्डित हुने र राष्ट्रियता कमजोर हुने दावी उहाँको थियो।

राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष लालमणि शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका सचिवालय सदस्य शम्भु गौतम, नेपाल कम्युनिस्ट पार्टी मालेका जिल्ला सचिव गणेश केके, नेकपा एकीकृत दाङका अध्यक्ष मेघराज भण्डारी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रराज पन्त, नेपाल वार एशोसियशन दाङका अध्यक्ष भानुभक्त धिताल, नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष सोगतवीर चौधरी, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार रामप्रसाद पौडेल, शिक्षक संगठनका जिल्ला अध्यक्ष हुमबहादुर केसी, नेपाल पत्रकार महासंघ दाङका सचिव सविन प्रियाशन, सामुदायिक वन उपभोक्ता महासंघ दाङका भूपेन्द्र सुवेदी, आदिवासी अधिकार मञ्चका उपाध्यक्ष एचबी थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव ओमबहादुर केसी र विषय प्रवेश राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार सुरेश थापाले गराउनु भएको थियो।

यसैबीच राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा सभासद् रश्मिराज नेपालीले संघीयताको विषयमा गरिएको गल्ती सच्याइनुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाले सदरमुकाम घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभासद् नेपालीले त्यस्तो धारणा राख्नुभएको हो।

'संघीयता देशको आवश्यकता होइन र जनआन्दोलनको माग पनि होइन218, सभासद् नेपालीले भन्नुभयो, 'सात दलले कोठामा गरेको सम्झौताले गर्दा अन्तरिम संविधानमा संघीयता छिरेको हो। कुनै अमुक दलका अमुक नेताहरूको सम्झौता मान्य हुँदैन। यो गल्तीलाई सच्याइनुपर्छ।218 संघीयता स्वीकार नगर्ने राष्ट्रिय जनमोर्चासँग के विकल्प छ त? उहााले भन्नुभयो, 'हामीले मुलुकलाई सातवटा प्रान्तमा विभाजन गरेका छौं। यो प्रान्त कुनै संघीय राज्य नभई प्रशासनिक इकाई हुनेछन्। उनीहरूलाई अलग हुन पाउने आत्मनिर्णयको अधिकारबाहेक अरू सबै अधिकारहरू प्रत्यायोजन गरिनेछ।218

–उदय जि.एम.







संघीयप्रणाली झनै असमावेशी

दैलेख। राष्ट्रिय जनमोर्चाका सचिव जनकराज शर्माले संघीय राज्य व्यवस्था समावेशी हुन्छ भन्ने मान्यता श्रम मात्र भएको बताउनु भएको छ। संघीयता र समावेशी विपरीत भएको बताउँदै उहाँले भन्नुभएको छ– “ संघीयप्रणाली भन्दा बरू एकात्मक प्रणाली अपनाएका देशहरूमा बढी समावेशीता पाइन्छ। विश्वमा जहाँ संघीय प्रणाली त्यहाँ झनै असमावेशी परिपाटी रहेको छ।”

सचिव शर्माले उक्त कुरा राजमो दैलेखद्वारा श्रावण २७ मा आयोजित अन्तर्क्रिया कार्यक्रमहरूलाई सम्बोधन गर्दै बताउनु भएको हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता शर्माले सो अवसरमा संघीयताको सबैभन्दा खराब पक्ष सार्वभौम सत्ताको विभाजन रहेको बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका राजमोका अर्का सचिव हरि आचार्यले संघीयता सात दलको अधिनायकवादी शैलीको उपज भएको बताउनु भयो। “दिल्लीको बाह्र बुंदे सम्झौता, नागरिकता वितरण, एक मधेश एक प्रदेश हुँदै संघीयताले जरा टेक्न आएको छ। जातीय आधारमा संघीयता लागु गर्नु भएको राजनैतिक रूपमा टाट पल्टिनु हो।” नेता आचार्यको भनाई थियो।

“नयाँ संविधान निर्माणको सन्दर्भमा राष्ट्रियता र संघीयताको प्रश्न” विषयक सो अन्तर्क्रिया कार्यक्रममा राजमोका के.स. तथा भेरी–कर्णाली क्षेत्रीय संयोजक जगतप्रसाद रेग्मीले आधारपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत आधारपत्र माथि पत्रकार महासंघ दैलेखका अध्यक्ष विष्णु शर्मा, इन्सेक प्रतिनिधि नगन शाही, प्रोपब्लिकका अध्यक्ष निर्मल अधिकारी, घनश्याम भण्डारी, यज्ञराज थापा लगायतका वक्ताहरूले टिप्पणी गर्नुभएको थियो। आफ्नो टिप्पणीमा उहाँहरूले आस्था र विचारमा जो जहाँ भए पनि देश बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो।

अन्तर्क्रिया कार्यक्रम राजमो दैलेखका सहसचिव अमरबहादुर नेपालीको संचालन, कोषाध्यक्ष ओमकुमार रावतको अध्यक्षता र जिल्ला सदस्य कविराज खत्रीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।
बर्दिया। राष्ट्रिय जनमोर्चाका सचिव हरि आचार्यले संघीयता भारतीय योजनाबाट नेपाल आएको बताउनु भएको छ। राजमो बर्दियाले श्रावण ३० गते सदरमुकाम गुलरीयामा आयोजना गरेको “नयाँ संविधान निर्माणको सन्दर्भमा राष्ट्रियता र संघीयताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।


अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता आचार्यले अगाडि भन्नुभयो –“नेपाललाई सिक्किमीकरण गर्ने योजना भारतको छ, सिंगो नेपाललाई एकै चोटी निल्न नसकेपछि उसले टुक्राटुक्रा पारेर खाने योजना मुताविक नेपालमा संघीयता भित्राएको हो।” 'नेपालमा वर्ग संघर्षलाई कमजोर पार्न साम्राज्यवादीहरूको मिलिमतोमा संघीयता नेपाल आएको' पनि उहाँको थप कथन थियो। संबोधनको क्रममा सचिव आचार्यले माओवादीले बोल्दै आएको नागरिक सर्वोच्चता वास्तविक नागरिक सर्वोच्चता नभई त्यो माओवादीको नवअधिनायकवादी सर्वोच्चता भएको पनि स्पष्ट पार्नुभएको थियो।

कार्यक्रममा राजमो बर्दियाका अध्यक्ष बासुदेव पोखरेलले आधापत्र प्रस्तुत गर्नुभएको थियो। उक्त आधारपत्रमाथि नेकपा मालेका जुद्धबहादुर, एमालेका प्रेम पोखरेल, राप्रपाकी शारदा सिंह, बार एसोशिएसनका विरबहादुर रोकाय, सर्लड बर्दियाका प्रशिक्षक उमानाथ ज्ञवाली, अखिल नेपाल बुद्धिजिवी संघका केशवबहादुर जि.सी. र अधिवक्ता लोकनाथ खरेल लगायतले टिप्पणी गर्नुभएको थियो। टिप्पणीमा उठेका विभिन्न प्रश्नहरूको स्पष्टिकरण आधारपत्र प्रस्तोता बासुदेव पोखरेलले दिनुभएको थियो।

अन्तरक्रिया ज्ञानचन्द्र अर्यालको अध्यक्षता, लोकबहादुर रानाको संचालन र खडानन्द पौडेलको स्वागत मन्तव्यबाट सम्पन्न भएको थियो।

बीरगञ्जमा पनि अन्तर्क्रिया

यसैबीच भाद्र २ गते अखिल नेपाल टे्रड युनियन महासंघ (अन्टुक) केन्द्रीय समितिको आयोजनामा “गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय अखण्डता र संघीयता” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तर्क्रियालाई सम्बोधन गर्दै प्रमुख अतिथि अन्टुकका अध्यक्ष मित्रलाल शर्माले –संघीयताले देशमा जातीय, क्षेत्रीय, भौगोलिक विभाजन ल्याउने बताउनुभएको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कर्णबहादुर थापा, अखिल नेपाल जनवादी युवा संघका केन्द्रीय उपाध्यक्ष भिमलाल न्यौपाने, नेपाली कांग्रेसका बाबुलाल कुम्हाल, नेकपा संयुक्तका रामराज साह, राप्रपा नेपालका रामदेव महतो, शिक्षक संगठनका अच्छेलाल शाह, मधेशी जनअधिकार फोरम, नेपालका शशिकपुर मियाँ, नेपाल सद्भावना पार्टीका नेजरमुदिन समानी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभयो। सो अन्तर्क्रियाको सभापतित्व धनपति सापकोटाले गर्नुभएको थियो भने स्वागत जीवन भट्टराई र प्रभुप्रसाद यादवले संचालन गर्नु भएको थियो।

राजमोमा प्रवेश

सोही कार्यक्रममा अन्य पार्टीबाट राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु हुने तपसी चौधरी, अर्जुन थारू, सुरेश थारू र मुकेश चौधरी लगायत ५० औ जनालाई राजमो केन्द्रीय सदस्य कर्ण थापाले टिका लगाई स्वागत गर्नुभएको थियो।

धरानमा पनि अन्तरक्रिया

'संघीयता र राष्ट्रियता' विषयक अन्तरक्रिया सुनसरीको धरानमा पनि सम्पन्न भएको छ। अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) सुनसरीको आयोजनामा श्रावण ३० गते सम्पन्न सो अन्तरक्रियामा प्रमुख अतिथि अन्टुकका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत अवधारणामाथि राजमोका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी, राजमो सुरसरीका अध्यक्ष अमृत पाण्डे, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य कमला खड्का, अन्तर्राष्ट्रिय नेपाली एकता मसाजका योगेन्द्र ढकाल, अन्टुक सुनसरीका सचिव दिनेश खवास सुकुम्बासी पार्टीका प्रतिनिधि गोपाल पोखरेल, दलित जनजाति पार्टीका रमेश गजमेर, जातीय समता समाजका तारा लाम्गादे र सर्वहारा सांस्कृतिक मोर्चाका लम्जेल संघर्षशील लगायतका अतिथिहरूले आ–आफ्नो विचार राख्नुभएको थियो।

धरानस्थित पब्लीक मा.विमा भएको उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता अन्टुक सुनसरीका अध्यक्ष दिप खड्काले गर्नुभएको थियो। राजमो मेची–कोशीमा समितिका सदस्य विशाल दर्लामीको संचालन नाममा अघि बढेको सो अन्तरक्रिया कार्यक्रममा उपस्थित सम्पूर्णलाई राजमो सुनसरीका उपाध्यक्ष विष्णु खवासले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।


0 comments:

Post a Comment

 

संघियता चाहिँदैन Copyright © to scientific nepal team