as i see the world..................

नेपाल को सन्दर्भ मा संघियता उचित कि अनुचित

Thursday 10 December 2009

मैले प्रस्ताव गरेको संघीयता र प्रजातान्त्रिक विकेन्द्रिकरण उस्तै–उस्तै हुन

–ढुण्डिराज शास्त्री


बरिष्ठ नेता, नेपाली कांग्रेस

अर्घाखाँची जिल्लाको निहुरी डाँडाँमा आजभन्दा ७३ वर्ष अगाडि पं.खेमराज पौडेल र सावित्रा पौडेलको कोखमा एक माध्यम वर्गीय परिवारमा जन्मनु भएका ढुण्डिराज शास्त्री नेपालको राजनीतिमा अपरिचित नाउँ होइन। शुरूमा घरमा त्यसपछि वाङ्लाको पाठशालामा र पछि खिदिमको हरिहर संस्कृत पाठशाला हुँदै आफ्नो अध्ययनलाई संस्कृतमा आचार्य, इतिहास र राजनीतिशास्त्रमा स्नाकोत्तरसम्म उठाउनु भएका शास्त्री नेपाली कांग्रेसभित्रका पुराना पुस्ताको बौद्धिक व्यक्तित्व तथा नेपाली कांग्रेसको आदर्श प्रजातान्त्रिक समाजवादका एक चिन्तकका रूपमा पनि परिचित हुनुहुन्छ। “अब नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादको आदर्शको बाटोमा छैन” भन्ने निष्कर्षमा पुग्नु भएका शास्त्री २०११ सालमा दिव्यदेव ज्ञवालीको हातबाट पार्टी सदस्यता लिए यता निरन्तर राजनीतिक आन्दोलनमा हुनुहुन्छ।


सनातन संस्कृत महाविद्यालय हाँसपुर गोरखपुरमा प्रध्यापन ुशुरू गरे पश्चात् गोरखपुरमा समेत एक रुाजनीतिक चिन्तकको परिचय स्थापित गराउनु भएका ढुण्डिराज शास्त्री १३ वर्षको प्रध्यापन पेशामा रहँदा पश्चिम नेपालमा पंचायती व्यवस्था विरूद्ध काम गर्ने प्रशस्त समय र अवसर पाउनुभयो। जम्मा रू २०० मा प्रध्यापन थाल्नु हुँदा रू २०० ले पनि धेरै काम हुने बताउनु हुने शास्त्रीलाई नेपालको प्रजातान्त्रिक आन्दोलनप्रति सहानुभूति भएका प्रध्यापक साथीहरूले जति पनि समय दिए। नेपाली कांगेे्रसले पौष १ को राजा महेन्द्रको फौजी कदमका विरूद्ध २०१८ सालमा हतियार उठाउँदा अर्घाखाँची गुल्मी क्षेत्रको राजनीतिक कमा48ड समाल्नु भएका शास्त्री पटकपटक गरेर ६ वर्ष जेल जीवन र पटकपटक हिरासतमा पर्नु भएका व्यक्तित्व पूर्व उद्योग मन्त्री पनि हुनुहुन्छ। ०४८सालको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत हासिल गरेपछि नेपाली कांग्रेसको एकलौटी सरकार बन्यो, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा। त्यतिबेलै नेपाली कांग्रेसभित्र जनतालाई स्थानीय स्वशासन दिनुपर्ने, कर प्रणालीलाई व्यवस्थित गर्न सम्पन्नताका हिसाबले कर असुली गरी सरकारलाई सम्पन्न बनाउनुपर्ने र तल्लो वर्गलाई माथि उठाउने र माथि जानेलाई नियन्त्रण गर्ने आर्थिक प्रणाली लागु हुनुपर्ने विचार राखेको तर सुनुवाई नहुँदा दुःखी भएको बताउनु हुने शास्त्री नेपालको राजनीति विचारका आधारमा होइन शक्ति, सत्ता र पैसा केन्द्रित भएकोमा आफु चिन्तित भएको बताउनु हुन्छ। जातीय संघीयता र त्यसमा पनि आत्मनिर्णयको अधिकारको दिशामा मुलुकलाई घचेट्ने हो भने देशमा के हुन्छ? हामी कहाँ जान्छौं भन्न नसकिने ठहर शास्त्रीको छ। नेपाली कांग्रेसको राजनीतिमा एक इतिहास बोकेका ढुण्डिराज शास्त्री मुलुक यसरी गम्भीर मोडमा फसेको अवस्थामा पनि मौन र निरास किन? हाँकले यसपटक यिनै राजनीतिकर्मीसँग उत्तरआधुनिक प्रकारको भलाकुसारी गर्‍यो।

० मुलुक राजनीतिको एउटा गम्भीर मोडमा उभिएको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसभित्र विशिष्ट भनौं या विशेष पहिचान राख्ने ढुण्डिराज शास्त्री, मौन, निरासा वा कस्तो–कस्तो अवस्थामा देखिनु हुन्छ। किन होला सुहाएन कि?

– चुप लागेको छु। लामो समय नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागियो। त्यतिबेला हामीमा महान् आदर्शहरू थिए। राजनीति गर्ने सत्ता भोग र पैसाका निम्ति होइन। विचारका निम्ति हो,भन्ने मान्यता थियो। विचारलाई नै आधार मानेर हिंडेे। पैसा कमाउने ठाउँ नदेखेर, नजानेर होइन, हामी जस्ता पढे लेखेका मान्छेले खान त जसरी पनि सकिन्छ, अरू पेशा गरे पनि हुन्छ तर देश र जनताको उत्थान, मुक्तिका निम्ति काम गर्न पर्दछ भन्ने लाग्यो। त्यस आस्थाका निम्ति मैले राजनीतिक जीवन गुजारें। अहिले नेता भएकाहरूको चाकडी, चाप्लुसी, सत्ता, शक्ति र पैसामोह देख्दा बेचैन पैदा हुन्छ। लगातार यस्ता विकृतिविरूद्ध आवाज उठाएँ तर सबै साथीहरू एकातिर म एकातिर भइने, एक्लै के गरूँ 164 हैरान भइयो। प्रच48डजी प्रधानमन्त्री हुनुहुन्थ्यो। एउटा विवाहमा गिरिजाबाबु र मेरो भेट भयो। उहाँले मलाई यही तपाईले गरेको प्रश्न गर्नुभयो। मैले “गिरिजाबाबु देश र जनतालाई बनाउने भनेर संघर्ष गरें, कमाई, घरमा भएको सम्पत्ति समेत आस्थाका निम्ति समर्पण गरियो तर देश यता उल्टो दिशामा गयो। अहिले देश र जनतालाई माथि उठाउने बाटो नै छैन। तपाईले के गर्न सक्नुहुन्छ? प्रच48डले के गर्न सक्नुहुन्छ? अब तपाईहरूको हातमा छैन। गिरिजाबाबु तपाईको हातमा थियो। २०४६ को आन्दोलनपछि नेपाली कांग्रेसलाई बृहत समर्थन थियो। प्रच48ड त बन्दुकका बलले शक्तिशाली भएका हुन्, तपाईलाई समयले नेतृत्व गर्ने अवसर दिएको थियो। तपाईले त्यतिबेला सही बाटो ल्याएको भए बुझ्नु भएको भए, देशलाई आमूल परिवर्तनको दिशामा लैजान सक्नुहुन्थ्यो। देशको असल नेता बन्न सक्नुहुन्थ्यो तर तपाईले ठीक बाटो लिन सक्नुभएन मैले जे बोलें उल्टो सम्झनु भयो” भने।

“राज्यको संघीय संरचनाका विषयमा मैले २०५० पछि कार्य समितिमा प्रस्ताव लगेको थिएँ। तपाईहरूले बुझ्नु भएन, ५ विकास क्षेत्रलाई आधार बनाएर क्षेत्रीय स्वाशासन प्रदान गरौं भनेको थिएँ, त्यतिबेलै मैले पछि यो कुरामा ध्यान नदिने हो भने यो प्रश्न गलत रूपले उठ्छ परिस्थितिले गम्भीर रूप लिन्छ भनेको

होइन? ” भनेको थिए।

० देशको वर्तमान जटिल परिस्थितिलाई २०४८ पछि नेपाली कांग्रेसले लिएको गलत नीतिको 145बाई प्रोडक्ट146 भन्न मिल्छ?

धेरै हदसम्म, मैले त बारम्बार भन्ने गरेको छु। यो देशमा पूंजीवादी अर्थतन्त्रले हुँदैन। राजनीति त एउटा माध्यम हो। यसलाई पैसा कमाउने उद्देश्य बनाउने समस्या सत्तामा गएका हर पार्टीमा छ। २०४६ सालपछि नेता बनेकाहरूलाई हेर्नुस, २०४६ पछाडिका चप्पल पुरूषहरू पंजेरो पुरूष भएको, तिनको सान, सौकात, पैसा र अथाह द्रव्य हेर्ने हो भने तिनको पोजिसन पन्ध्रौं, सोह्रौं सताब्दीका सामन्तहरू, राजा महाराजा र नेपालका राणाहरूलाई मात गर्ने खालका छन्। यसरी पनि देश बन्छ? पूंजीवादी अर्थतन्त्र पनि ठीक छैन। प्रजातान्त्रिक समाजवादलाई मान्ने नेपाली कांग्रेसले पूंजीवादी अर्थतन्त्रमा हिंड्ने बाटो लिनै हुुँदैनथ्यो। हामीले त प्रजातान्त्रिक समाजवादको आदर्शका निम्ति आस्थाको राजनीति गर्दै आएका हौं।

म उद्योग मन्त्री पनि भएँ, त्यसबेला पनि केही अनुभव गरें, मेरो सोचाईमा हातखुट्टा, मन र मस्तिष्क, व्यक्तित्व लाभ र सम्पत्ति नभई चल्दो रहेनछ भन्ने कुरा सोभियत समाजवादको परिणामले पनि सिकायो म व्यक्तिगत सम्पत्ति मेट्न पर्दछ भन्ने विचारमा छैन। तर ९० प्रतिशतलाई कंगाल र १० प्रतिशतलाई सम्पन्न बनाउने पूंजीवादी अर्थतन्त्रको काम छैन। यो अर्थतन्त्रमा कमाएको पैसामा नियन्त्रण छैन, राज्यको कानुनले व्यक्तिगत सम्पत्ति छुन नपाइने भन्दछ। चोरी गरेर, डकैती गरेर, भ्रष्टाचार गरेर ल्याएको सम्पत्ति पनि व्यक्तिगत सम्पत्ति मानिन्छ भने त छट्टु मान्छेले कमाइ हाल्ने भयो। हामी जस्ता सिद्धान्त, विचार भन्नेले नचोरौंला। २०४६ पछि सत्तामा आएका सबैले चोरेनन्? जनतालाई ठग्ने काम भएन? मलाई त अलिअलि आशा प्रच48ड–बाबुरामको लाग्या थियो झन भएन। मैले मोहन वैद्य र अस्ति भर्खर टोपबहादुरलाई पनि भनेको थिएँ। सरकारमा गएपछि अजय शक्ति जनता हुन् भन्ने पार्टीले जनताको हित गर्ने 145पपुलर146 कार्यक्रम पो ल्याउनु पर्दछ, त्यो दुई महिनापछि जाने सेनापतिलाई भकुरेर जनताले के राहत पाउँछ? सत्तै छोड्न पर्‍यो। बिना कानुन, बिना विधि जे पायो त्यही गरेर पनि राज्य चलाउन हुन्छ? रिस उठ्यो भने दुई विघा सम्पत्ति भएको व्यक्तिलाई लुटेर पनि राज्यको परिवर्तन गर्न सकिन्छ? जसरी हुन्छ जनमुखि अर्थतन्त्र, जनतालाई माथि उठाउने अर्थतन्त्र, धनी र गरिब बीचको खाडल घटाउने आर्थिक कार्यक्रम ल्याउनु पर्दथ्यो।

० हजुर उद्योगमन्त्री हुँदा ....?

मैले पहल गरें, नीजिकरणको विरोध गरिन तर सामुदायिक उद्योग र राष्ट्रिय पूंजीपतिलाई प्रोत्साहन गर्ने नीति ल्याउन जोड गरें। मैले कराएर के गर्ने? अर्थमन्त्री र प्रधानमन्त्रीले गर्ने हो। नगरेपछि मेरो केही लागेन। म उद्योग मन्त्री भएको अवस्थामा शुक्ला फाँट गएँ। त्यहाँ १० वटा कागज कम्पनी चलाउने कच्चा पदार्थ छ। यसको प्रयोजनको कुरा गरें। मेरो केही लागेन। यहाँ त जो अर्थतन्त्री हुन्छ, उसले आफ्नो सम्पत्ति जाने जस्तो ठान्छ। देश र जनता हेर्दैन। आफूलाई कहाँबाट आउँछ त्यता ध्यान हुन्छ। चिन्तन नै छैन।

०राज्य नियन्त्रित अर्थतन्त्र भन्न खोज्नु भएको कि?

जनता नियन्त्रित, यो पूंजीवादी नाउँको तर सामन्तवादी संस्कार बोकेको अर्थतन्त्र होइन, तत्काल कमसेकम उदार समन्वयवादी सन्तुलनको अर्थतन्त्र जरूरी छ भनेर मैले लेखेको पनि छु। जग्गा बाँड्ने भूमिसुधार वैज्ञानिक भूमि सुधार हुँदैन, राष्ट्रमा चल अचल सम्पत्ति कति छ? त्यसको मूल्यांकन गर्ने, देशको जनरल आर्थिक आधार एउटा मान्छे वा परिवारलाई कति पर्दछ? त्यो निर्क्योल गरेपछि त्यति पूंजीसम्मलाई साधारण करमा वा कर बिहिन राखिदिने, बाँकी पूंजीपतिहरूलाई क्रमबद्ध टेक्स शुरू गरेर ७०/८० प्रतिशत पुर्‍याइदिउँ त? किन भूमि सुधार गर्न पर्‍यो? त्यता ध्यान छैन, यहाँको नागरिक समाज, पार्टी, संघसंस्था सबैमा सामन्तीहरूको नेतृत्व र वर्चश्व छ। त्यो गर्न चाहँदैनन्। यो त सामन्ती अर्थतन्त्र हो तर पूंजीवादी नाम राखिएको छ। यस्तो ठाउँमा जनता विचरा अज्ञान छन्, कुनै ठाउँ बलले, कुनै करले, कुनै ठाउँ के ले सोझा जनतालाई ठगहरूले पछि हिंडाल्न सफल भएका छन्।

०ढुण्डिराज शास्त्री जसले प्रजातान्त्रिक आन्दोलनमा राष्ट्रिय महत्व राख्दछ, त्यो व्यक्तिले यति निरासावादी अभिव्यक्ति दिनु उपयुक्त हुन्छ?

होइन, मैले पनि बाटो खोजिरहेको छु। एउटा चिन्तन राख्नु र निरासा एउटै कुरा होइनन्। अप्ठ्यारो के भइृदियो भने २०३६ सालमा आन्दोलन तताउन पर्दछ भनेर जोड गर्ने गिरिजाबाबुलाई लगातार भन्ने म नै हुँ। मसित लागेका साथीहरू भनेर भर पर्‍यो, साँझ किसुनजी कहाँ विहान गिरिजाबाबु कहाँ धाउँछन्, देश, जनताबारे केही सोच छैन। कसरी सत्ता प्राप्त हुन्छ र पैसा कमाउन पाइन्छ भन्ने मात्रै ध्यान छ। कसैको विश्वासै छैन। कुन नेताको पैताला चाटेर सत्ता आउँछ र पैसा कमाइन्छ। ध्यान यत्ति छ।

अस्ति भर्खर गिरिजाबाबुले छोरीलाई उपप्रधानमन्त्री बनाए भनेर चन्द्र भ48डारी लगायत १० जनाले विरोध गरे भन्ने सुने, केटाहरू बोलेछन् कि भनेर त्यो म्याटर ल्याउन पठाएको त केही पनि छैन। चन्द्रले एकदिन गाडीमा बसेको थिएँ, पछाडि बसेको रहेछ दाइदाई कस्तो लाग्यो हाम्रो वक्तव्य भन्थे, मैले रामचन्द्रहरू गिरिजाको चाकडी गरेरमाथि गएका हुन्, सत्य यिनीहरू कहिल्यै बोलेनन्, गिरिजाबाुबले यो भन्दा ठूलो नराम्रा काम गर्दाखेर्री हामीले विरोध गर्दा कहिल्यै साथ दिएनन् भने। मैले गगन थापालाई पनि भनि दिएको थिएँ। हतियार उठाएका विद्रोही माओवादीहरूले त झन केही नभएर जातीय राज्यको कुरा पो लिएर आए। जातीय राज्यको कुरा त मलाई के लाग्छ भने यो सामन्ती र विदेशी तत्वहरूको षडयन्त्र हो। जातको नाममा थोरै जनतालाई तताउने अनि छोटे राजा बनेर सत्तामा जाने र लुट्ने षडयन्त्र मात्र हो अब बाबुरामहरूले यस्ता कुरा लिएर हिंड्न हुन्छ?

कुन जातमा दलित, जनजाति छैन? बाहुनमा छैन कि? क्षेत्रीमा छैन कि? सबैमा छन् नि। मार्क्सवादी अर्थतन्त्र पढेकाले त यो बुझ्न पर्ने हो। मान्छेलाई दलित, शोषित उचनीच त अर्थतन्त्रले न बनाउँछ। यो षडयन्त्रमा जनता फसेका छन्। जातीय नाराले मुलुकलाई बर्बाद पार्ने भो।

०जातीय संघीयता मुलुकका अगाडिको ठूलो हाँक पो भो हगि?

नेपाली कांग्रेसमा सबभन्दा पहिले संघीयताको कुरा उठाएको मैले हो पछि नरहरी र प्रदीप गिरीले त्यसको व्याख्या गरे। राज्य पुनर्संरचना समितिले मेरो नाम उल्लेख गरेको थियो। म जनता र स्थानीय निकायहरूलाई अधिकार सम्पन्न बनाउने सन्दर्भमा मैले ५ विकास क्षेत्रलाई आधार बनाउने कुरा बोलेको थिएँ। यस्तो जातको संघीयता होइन र यो हुने कुरा पनि होइन।

माओवादीले मान्छे मारे, मराए तर यिनीहरूबाट पनि आशा गर्ने आधार बाँकी रहेनन्। जे मा पनि जवरजस्ती छ सुझबुझ छैन।

०माओवादीले ल्याएको आर्थिक नीति पनि पपुलर देख्नुभएन?

देखिएन, माओवादीले पनि कुनै नयाँ आर्थिक कार्यक्रम ल्याएन, त्यही पूंजीवादी कार्यक्रम हो। जुन कार्यक्रमले भनि हालें। ९० प्रतिशतलाई कंगाल र १० प्रतिशतलाई सम्पन्न बनाउने नै हो। सत्तामा गएपछि माओवादीले आफ्ना कार्यकर्तालाई मात्र आफ्ना जनता ठान्यो। त्यो गलत तरिका हो। माओवादीले भूमि सुधारका कुरा गर्दछ। मैले पहिले भने जस्तो कर प्रणाली व्यवस्थित गर्ने हो भने त्यो भूमि सुधारै चाहिन्न ठूला जमिन्दारलाई १० मुरी धानमा ८ मुरी कर लगाइ दिउँत। के सुधार हुँदैन? जग्गा खोस्नै पर्दैन।

देशभरीको सम्पूर्ण सम्पत्ति भन्दा काठमाडौंमा जम्मा भएको सम्पत्ति धेरै हुन थाल्यो। ग्रामिण बस्तीबाट जनता विस्थापित हुने क्रम तीब्र छ। गाउँमा विकासका पुर्वाधार खडा गरेर जनता रहने वातावरण बनाउने दायित्व सरकारको हो। त्यहाँ पनि त प्राकृतिक स्रोत, साधन त छन्? शिक्षकहरू त पेशा हुनाले गाउँमा बसेका छन्। अ न्य जनतालाई पनि उत्पादनमुखि कामको योजना तर्जुमा गरिदिने काम सरकारले गर्नुपर्दछ। तर विडम्बना त्यता कुनै ध्यान छैन।

० प्रसंग थोरै मोडौं, मुलुक एक असफल राष्ट्रको दिशामा गइरहेको चिन्ताजनक अवस्था छ, संविधान बन्ने सम्भावना पनि क्षिण भइरहेको छ?

–संविधान त यिनीहरूले बनाउँदै बनाउँदैनन्। नेताहरूको दिमाग फेरिएन। लडेर आएका बाबुरामहरूले पनि नगर्ने भए सत्तामा गएको अवस्थामा नचाहिंदा झन्झट मात्र निकाल्दछन्। केवल जवरजस्ती मात्र गर्दछन्।

०यहाँ नेपाली कांग्रेसमा सर्वप्रथम संघीयताको कुरा उठाउने व्यक्ति हुनुभो, यहाँका सपना के थिए, तर संघीयता हाम्रो जस्तो मुलुकका लागि त भयानक घातक पो सिद्ध भएको देखिन्छ नि?

अहिलेसम्म नेपालमा सामन्ती केन्द्रिकृत शासन चल्दै आयो। २०४६ पछाडि पनि हामीले त्यही नै समात्न हुँदैन। सिंहदरबारले सुदुरपश्चिमको विकास हेर्न सक्दैन। क्षेत्रीय सत्ता स्थापना गर्न पर्दछ। सत्ता भएको ठाउँमा विकास पनि भएको देखिन्छ। केही विदेशका अनुभवका आधारमा पनि मैले यो ढंगले यो विचार राखेको थिएँ। सुदुरपश्चिमको पियन सिंहदरबारको मन्त्रीले नियुक्त गरेर काम चल्दैन। शान्ति, सुरक्षा र विकास नजिक पार्न अर्ध शक्ति सम्पन्न संघीयता भनेको थिए। केन्द्रलाई कमजोर पार्ने होइन। अधिकार प्रत्यायोजन गर्नुपर्दछ भन्ने मेरो मोडेल हो।

०हजुरले भने जस्तो मोडेल त प्रजातान्त्रिक विकेन्द्रीकरणको बाटोबाट जाँदा पनि त निर्माण गर्न सकिन्छ नि?

मैले अगाडि सारेको संघीयता र प्रजातान्त्रिक विकेन्द्रीकरण उस्तै–उस्तै हुन्।

०क्षेत्रहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहितको हुन्छन् कि रहित?

सहित, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहित नै हो।

०हाम्रो जस्तो देशले खर्चको मार थाम्न सक्दछ?

अहिले १८ वटा राज्य बनाउने कुरा आएको छ, मैले त जम्मा ५ वटा भनेको थिएँ। त्यति थेग्न सकिन्थ्यो। अञ्चल र जिल्ला सक्रिय बनाउँ, गाउँ र वडालाई आर्थिक, राजनीतिक शक्तिका स्रोत बनाउनुपर्दछ भन्ने मेरो धारणा हो। यो जातीय संघीयता अनि आत्मनिर्णयको अधिकार भनेर आएका कुराहरू बिल्कूल गलत छन्। क्षेत्रीय र स्थानीय निकायहरूलाई अधिकार दिन होइन, खण्डित गर्न यस्ता कुराहरू आएका छन्। जनताको भावनालाई गलत दिशामा मोल्टीभेट गरेर उत्तेजित पार्ने काम भएका छन्। यी गलत छन्

०जनतालाई अधिकार सम्पन्न बनाउने अरू विधि प्रक्रियालाई अवलम्बन गरेर जाने बाटाहरू छन्, त्यसरी जाँदा हुँदैन संघीयतै किन चाहियो र?

संघीयता विरूद्धको प्रसंग ल्याई हाल्नु भो, केही दिन पहिले प. दधिराम स्मृति प्रतिष्ठानको कार्यक्रममा हामीले चित्रबहादुरजीलाई पनि बोलाएका थियौं। म कार्यक्रमको अध्यक्ष थिएँ। वामदेवजीले संघीयताको वकालत गर्नुभयो। केसीजीले राम्रो तरिकाले जातीय संघीयता तथा आत्मनिर्णयको अधिकारको चिरफार गर्नुभयो। त्यहाँ ठूला–ठूला विद्वानहरूको जमघट थियो। मसालको विचार, उहाँले प्रजातान्त्रिक विकेन्द्रिकरण र एकात्मकमा जोड दिनुभयो। राम्ररी प्रस्तुत गर्नुभएको थियो, तालि पनि खानुभयो।

मैले बुझेको पनि राष्ट्रिय जनमोर्चाले संघीयताको कोरा विरोध गरेको पक्कै होइन, संघीयता वा एकात्मक भन्ने त प्रणालीको कुरा हो। विकास त संघीयतामा गएका मुलुकमा पनि भएको छ, एकात्मकमा पनि भएको छ। दुवै प्रणाली बिग्रेका पनि छन् , नेपालको सन्दर्भमा र अहिले जुन विकृत तरिकाले यो नारा आएको छ। त्यसैको विरोध होला। मैले त्यसकारणले विकृत तरिकाले आएको संघीयताको नारा ठीक ठाउँमा आओस्, उहाँको विरोध फलिफूल होस् भनेको थिएँ। अर्को कार्यक्रममा सन्तबहादुर नेपाली आउनु भएको थियो। उहाँ त झन् मेरो जिल्लाको हुनुहुँदोरहेछ। विद्वान हुनुहुँदो रहेछ उहाँको पनि प्रिजेन्टेसन राम्रो थियो। हामी सबैको चिन्ता जनताको जीवनस्तर माथि उठाउने, अधिकार सम्पन्न बनाउने र राष्ट्रको शिर ठाडो पार्ने दिशामा हुनुपर्दछ। नेताहरूको दिमागले देश र जनताबारे नसोच्ने हो भने संरचनाले मात्र केही हुँदैन। सबभन्दा पहिले त राजनीति कमाइखाने भाँडो बनाउने जुन प्रवृत्ति छ यो घीनलाग्दो प्रवृत्ति बदल्न जरूरी छ।

आपसमा फुट भएपछि हाम्रो जस्तो देशमा विदेश हावी हुन्छ। यहाँ दिल्लीको पैसा खाएर राजनीति गर्ने नेताहरू धेरै छन्। नेपालको प्रधानमन्त्री हुन कि राजाको कि भारतको एजेन्ट हुनैपर्ने स्थिति थियो। अहिले भारतको हुन पर्दछ। पंचायतकालमा चीनको सीमा इलाकामा चीनको रिपोर्ट गर्ने नेपाली शिक्षकहरू पठाउन मासिक करोडसम्म हामी खर्च गर्दछौं भन्थे, इण्डियनहरूले। तर मैले सक्दिन र चाहन्न भनिदिएँ। के त्यति काम गर्न सकिन्थ्यो र 164 तर हाम्रो स्वाभीमानले त्यो गर्न दिएन। मैले तुरून्तै रिजेक्ट गरें। मलाई यस्ता अफर धेरै आए। यी सत्ताधारी पार्टीका अधिकांश मात्र होइन, ९५ प्रतिशत नेताहरूले इण्डियन पैसा खान्छन्। म इण्डियाकै पेपरमै बोलेको थिएँ। आफ्नो विचार, स्वाभीमान, चिन्तन सब बेचेर राजनेताले पैसा खान थालेपछि कसरी देश बन्छ? अहिले नै गिरिजाबाबुले २ करोड लिए भन्ने सुनिन्छ। लिनेले पनि लाज मान्न पर्ने हो। दिनेले पनि लाज मान्न पर्ने हो। गरिब जनताले सिटामोल खान पाएका छैनन्। म ३ पटक मन्त्री भएको र गिरिजाबाबु बराबर संघर्षमा होमिदैं आएको मान्छे, १०–२० हजारमा रोकिन्छु। उहाँले २–२ करोड लिनु हुन्छ। राजनेताहरूले कमसेकम अलिकति सर्म मान्नुुपर्दछ। नेताहरूले यस्ता लाजलाग्दा प्रवृत्तिहरू छोड्न पर्‍यो। अर्थतन्त्रलाई बदल्नु पर्‍यो। यो कुरा मैले पार्टीमा जीवनभरी राख्दै आएँ तर सुनुवाई भएन।

मैले अहिले उत्तराञ्चलको भ्रमण गरें। त्यति ठूला पहाडमा त्यस्तो प्रगति, त्यस्तो हरियाली, त्यस्तो विकास, त्यति सस्तो खानबस्नको व्यवस्था म त्यो विकास देखेर चकित भएँ। त्यहाँ पनि नेपालीहरू पुगेका रहेछन्। एकजना नेपाली त गाई पालेर बसेका रहेछन्। सस्तो र मिठो दुध खान दिए, खुशी लाग्यो। त्यहाँ पुगेर त्यति व्यवस्था गर्ने नेपालीले यहाँ गर्न सक्दैन र घ् सर्वप्रथम त राज्यको नीति सही हुन पर्‍यो। यहाँ त जातको राज्य रे, यस्तायस्ता नचाहिने कुरा पो छन्।

०जातीय राज्य सबभन्दा गलत नारा होइन त?

धार्मिक राज्य समेत स्थापना गर्न हुँदैन भन्ने मार्क्सवादी हुँ भन्नेहरूबाटै जातको राज्यका कुरा उठ्नु आश्चर्यको कुरा हो। जातीय राज्य निर्माण गर्ने अनि पूंजीवादी अर्थतन्त्र कायम गरेर समतामूलक समाजको निर्माण कसरी होला? जातीय राज्यको नाराले आफैलाई खान्छ भन्ने वास्तविकता माओवादीले बल्ल बुझ्न थालेको देखिन्छ। माओवादी भित्रै यो नारा भालुको कम्पट भइसक्यो। भित्रै कुरा मिलिरहेको छैन। अस्तिदेखि अब राष्ट्रिय राज्य भन्ने जातीय राज्य नभन्ने भनेर आए नि त बुद्धि पलाएछ कि 164

०राजनीतिक विडम्बनाको मूल हो त नेपाल?

हो त, हेर्नुस न, ६ महिना मन्त्री भएको व्यक्तिले २/३ करोडको महल बनाउँछ। आस्थाको राजनीति गर्ने व्यक्तिहरू सडकमै भौतारिएको देख्छु। जुनसुकै पार्टीमा यस्तो छ। सामन्ती संस्कारका कारणले चाकडीबाजले स्थान पाउने गरेको छ। क्षमता र योग्यताको कुनै कदर छैन। योग्य मान्छे पार्टीमा पनि तलै हुन्छ। राजनीतिमा लागेको ३ वर्षपछि उपराष्ट्रिपति हुने देश, हाम्रो हो। रामवरण पक्का राष्ट्रपति हुन्छन् भन्ने निश्चित भएको भए गिरिजाबाबुले दिनुहुने थिएन। कहाँ रामवरणको नम्बर आउनु 164

० थप केही छ कि?

तपाईले किन निरासा, भनेर पहिलो प्रश्न गर्नुभयो। म राजनीतिक प्राणी हुँ। निरास त किन हुने, सम्भावना खोजिरहेको छु। तपाई हामी सबै मिलेर देशलाई इराक, अफगानिस्तान हुनबाट जोगाउनु पर्दछ। यस विषयमा लेखेको पनि छु। तपाईले समर्थन गर्ने पार्टीलाई पनि भन्नुस्, राजनीतिले मात्र आम जनतालाई हुँदैन, आर्थिक योजना र कार्यक्रम ल्याउँ, मसाल सानो भएपनि एउटा ठोस भिजन र स्पीरिट बोकेको पार्टी हो। खारिएको समर्पित नेता मोहनविक्रमको नेतृत्व पनि छ। प्राथमिक हस्तक्षेप अर्थतन्त्र परिवर्तनमा गर्नुपर्दछ। भोका जनतालाई अधिकार र सम्प्रभुत्वको कुनै अर्थ हुँदैन। सामन्ती, पूंजीवादी शासनबाट तल्लोवर्ग माथि उठ्न कदापी सक्दैन। सन्तुलित अधिकारका लागि सन्तुुलित अर्थतन्त्र आवश्यक हुन्छ। एउटा खाल्डामा अर्को चुलीमा हुन्छ भने अधिकार र सम्प्रभुको कुरा गरेर मात्र हुँदैन।

खुशी लाग्यो, घरमा आउनुभो, विचार राख्ने अवसर दिनुभो। धन्यवाद


0 comments:

Post a Comment

 

संघियता चाहिँदैन Copyright © to scientific nepal team